बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादव चौथो चारा घोटाला कान्डमा पनि दोषी ठहर भएका छन्।
राँचीस्थित सिआइबी अदातलले सोमबार उनलाई दोषी ठहर गरेको हो। उनलाई दिइने सजायबारे मार्च २१ देखि २३ सम्म अदालतमा बहस हुनेछ।
चारा घोटालामा लालुविरूद्ध पाँच वटा मुद्दा परेका थिए। तीन मुद्दामा उनलाई सजाय सुनाइ सकिएको छ।
तीन मुद्दामा दोषी देखिएका लालु अहिले जेलमा छन्।