बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले मानुषी यमी भट्टराईलाई काठमाडौं संयोजकको जिम्मवारी दिएको छ। मानुषी भट्टराईकै पुत्री हुन्।
यसअघी तत्कालिन नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्वीयू क्रान्तिकरीबाट उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको सभापति बनिसकेकी छिन्।
भट्टराईले माओवादी परित्याग गरेर नयाँ शक्ति गठन गर्ने विषयमा समेत सबैभन्दा पहिला छोरी मानुषीलाई नै खबर गरेका थिए।
प्रदेश नं ३ को प्रदेशस्तरीय भेलापछि मानुषीलाई काठमाडौंको संयोजकको जिम्मेवारी दिइएको हो। प्रदेश ३ का १३ जिल्लाका कार्यप्रगती विवरण बैठकमा प्रस्तुत गरिएको थियो।
नयाँ शक्तिले मकवानपुरको पनि जिल्ला संयोजक परिवर्तन गरेको छ। मकवानपुरमा जीवनमान मोक्तानलाई जिम्मेवारी दिइएको छ।