राप्रपा अध्यक्ष एवम् तत्कालिन उपप्रधानमन्त्री कमल थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारले भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ दिने औपचारिक निर्णय गरेको दाबी गरेका छन्।
भूकम्पपीडितलाई १ लाख थप अनुदान दिने निर्णय शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले नगरेको खबर प्रकाशमा आएपछि उक्त सरकारका उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका थापाको सोमबार ट्विटमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
देउवा सरकारले १० माघमा भूकम्पपीडितलाई एक लाख थप अनुदान दिने निर्णय भएको बताएको थियो। तर, अहिले उक्त निर्णयको कुनै माइन्यूट नै नभएको मुख्य सचिव लोकदर्शन रेग्मीलाई उधृत गर्दै आज पत्रपत्रिकामा समाचार छापिएको थियो।
‘भूकम्पपिडितलाई थप १ लाख दिने बारे स्वयं म र मुख्यसचिव भएर मन्त्रिपरिषद्को निर्णय मस्यौदा गरेको हो र मुख्यसचिवले सो बैठकमा सुनाएपछि औपचारिक निर्णय भयो’, थापाले ट्वीट गर्दै भनेका छन, ‘यदि निर्णयलाई माइन्युट नगरेको हो भने सो कार्य मुख्यसचिव र मन्त्रिपरिषद् कार्यालयको बेइमानी हो।एकदिन सबैले मर्नुपर्छ, झूठ नबोलौं ।’
यस्तो थियो तत्कालिन सरकारको निर्णयhttps://www.youtube.com/watch?v=sSch3ymf-nE