नेकपा एमाले संसदीय दलको उपनेतामा सुवाष नेम्वाङ चयन भएका छन्।
पार्टी संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई संसदीय दलको उपनेता बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले पूर्वसभामुख नेम्वाङलाई संसदीय दलको उपनेता चयन गर्न प्रस्ताव गरेका थिए। बैठकले पार्टीको प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौंधरीलाई चयन गरिएको पनि नेता नेम्वाङले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणबारे पनि पार्टीका सांसदहरुलाई औंपचारिक जानकारी गराएका थिए । त्यसक्रममा उनले माओवादी केन्द्रसँग पार्टी एकताको सन्देश दिने गरी गाउँ फर्कन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको नेता नेम्वाङले बताए।
एमाले संसदीय दलले पार्टीका नेता एवम् पूर्व सांसद जागृतप्रसाद भेटवालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ। निरंकुशता विरोधि आन्दोलनका योद्धा भेटवालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको पनि नेता नेम्वाङले जानकारी दिए।
https://www.youtube.com/watch?v=ZUlKuqLeOjM&feature=youtu.be