भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संयुक्त सम्बोधनमा नेपाली भाषा प्रयोग गरेका छन्। उनले आफ्नो सम्बोधनको सुरूवात र अन्त्य नेपाली भाषामा गरेका हुन्।
‘तपाईंहरू सबैलाई भारतमा हार्दिक स्वागत गर्दा मलाई धेरै खुसी लाग्दछ’, मोदीले सम्बोधनको सुरूवातमा भनेका हुन्। सम्बोधनमा मोदीले काठमाडौंसँग रेल र सगरमाथाको मुलुकसँग जलमार्गबाट जोडिने बताए।
मोदीले संयुक्त सम्बोधनको अन्त्यमा समेत ‘फेरि भेटौँला’ भन्दै टुङ्ग्याए। मोदीले नेपाली भाषा प्रयोग गर्दा सहभागीले ताली बजाएका थिए। त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली पनि खुसी देखिएका थिए।
यसअघि प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्दै मोदीले नेपाली भाषामा ट्विट समेत गरेका थिए।