अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले सिरियाली राष्ट्रपति बसर अल असदलाई जनावर भनेका छन्।
शनिबार विद्रोही नियन्त्रित शहर डोउमामा भएको रासायनिक आक्रमणमा कम्तिमा ७० जना मारिएको कुरा बाहिर आएपछि ट्रम्पले असदसँगै रुस र इरानको पनि आलोचना गरेका हुन्।
उनले रूसी राष्ट्रपति भ्लादमिर पुटिन र इरानले जनावर असदलाई सघाइरहेको भन्दै यसको महंगो मूल्य चुकाउनु पर्ने ट्वीट गरेका छन्। ट्रम्पले व्यक्तिगत रूपमा रूसी राष्ट्रपति पुटिनको कमै आलोचना गर्छन्।
ट्रम्पले यो विषयमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको पनि आलोचना गरेका छन्।
ओबामाले आफ्नो जिम्मेवारी पूरा गरेको भए सिरियाको समस्या धेरै पहिला समाधान भइसक्ने उल्लेख गर्दै ट्रम्पले जनावर असद पनि इतिहास भइसक्ने बताएका छन्।