नेपाली कांग्रेसले उपसभापति सहित ३ पदाधिकारी नियुक्त गरेको छ।
पार्टीसभापति शेरबहादुर देउवाले शुक्रबार भएको निर्वाचित केन्द्रीय समिति सदस्यहरुको बैठकमा उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाश शरण महतलाई प्रस्ताव गरेका थिए। यी सबै देउवा निकट हुन्।
निर्वाचित केन्द्रीय सदस्यको बहुमतले उनको प्रस्ताव पास गरेको हो। पदाधिकारीमा मनोनित तीनै जना प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका हुन् । निधि धनुषा, खड्का सुर्खेत र महत काठमाडौंबाट चुनाव हारेका नेता हुन् ।
कांग्रेसको विधानमा अधिविशन भएको दुई महिनाभित्र पदाधिकारी मनोनित गर्नुपर्ने उल्लेख भएपनि सभापति देउवाले २६ महिनापछि पदाधिकारी मनोनित गरेका हुन्।