नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यसहित ५ पदाधिकारी पक्राउ परेका छन्।
अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा अपराध महाशाखाको टोलीले शनिबार साँझ योगेन्द्रमान कर्माचार्य सहित उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, किरण खड्का, धर्म धिताललाई पक्राउ गरेको हो।
कर्माचार्य आन्दोलन मूल समितिको संयोजक पनि हुन् ।
उसअघिनै महासचिव सरोज सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आवश्यक सेवा ऐन विपरीत सार्वजनिक यातायात बन्द गरेकाले उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
महासंघले शुक्रबार सिन्डिकेट हटाउने सरकारी निर्णयको बिरोधमा सांकेतिक हड्ताल गरेको थियो। तर, सरकारले शुक्रबार नै सेवा रोक्ने संघ तथा समितिका पदाधकिारीलाई पक्राउ गर्न सुरु गरेको थियो ।
यसअघि शुक्रबार राति महासंघले एक विज्ञप्ति निकालेर आफ्ना पक्राउ परेका व्यवसायीलाई छाड्न सरकारसाग माग गरेको थियो। शनिबार साँझसम्म पक्राउ परेका व्यवसायीलाई नछाडेपछि आगामी योजनाका बारेमा छलफल गर्न जम्मा भएका महासंघका पदाधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेट हटाउने निर्णयबाट कुनै पनि हालतमा पछि नहट्ने बताइसकेका छन्।