प्रधानमन्त्री केपी शर्मा ओली कुर्ता, पाइजामा र गम्छा पहिरिएर जनकपुर पुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न उनी जनकपुर पुगेका हुन्।
ओली बिहानै हेलिकप्टरमा जनकपुर पुगेका हुन्। उनले मन्दिर परिसरको भ्रमणसमेत गरेका छन्।
ओली र मोदीले रामायण सर्किटको उद्घाटन गर्नेछन्।
मोदीलाई विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन्। मोदी पटनाबाट हेलिकप्टरमा जनकपुरस्थित बाह्रबिघा मैदानमा उत्रनेछन्। मोदीलाई जनकपुर उपमहानगरपालिकाले अभिनन्दन गर्नेछ।