नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालमा विकासका लागि ५ 'टि' सुत्रमा अगाडि बढिरहेको बताएका छन्।
जनकपुरको बाह्रविघा मैदानमा नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले परम्परादेखि प्रविधिसम्मको विकासले नेपाल समृद्ध हुने र त्यसमा भारतले सहकार्य गर्ने बताएका हुन्।
'पाँच टि विकासको सुत्र हो, ट्रेडिसन, ट्रेड, टुरिजम, ट्रान्सपोर्ट र टेक्नोलोजी। जसको अर्थ परम्परा, व्यापार, पर्यटन, यातायात र प्रविधि हो। यी सबै क्षेत्रमा नेपाललाई भारतीय साथ र सहयोग हुनेछ,' उनले भने। उनले औँला भाँच्दै देखाए।
सन् २०१४ मा नेपालमा आउँदा उनले नेपालको विकासको सुत्र हिट भएको बताएका थिए।
त्यतिखेर 'हाइवे' (राजमार्ग), 'इन्फरमेसन टेक्नोलोजी'(सुचना प्रविधि) र 'ट्रान्समिसन'(विद्युत प्रसारण) लाई नेपालको विकासको सुत्र भनेका थिए।