विवेकशील साझा पार्टीले कार्यालयमा टाँगेको तुल प्रहरीले शुक्रबार झिकेर लगेको छ।
ललितपुरस्थित पार्टी कार्यालयमा टाँगिएको ‘मोदीजी स्वागत छ। तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने लेखिएको तुल झिकेर लगेको विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेले जानकारी दिए।
डिएसपी नेतृत्वको प्रहरी टोली तुल झिकेर लगेको हो।
‘यस्तो तुल राख्न पाउने हाम्रो राजनैतिक र कानुनी अधिकार हो, प्रहरीको कदमको हामी विरोध गर्छौं,’ पाण्डेले भने।
उनले प्रहरीले लगेको तुल फिर्ता ल्याउन आफुहरू जिल्ला प्रशासन कार्यालय जान लागेको र तुल फिर्ता नदिए अर्को बनाएर राख्ने बताए।