नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केहीबेर अघि मुक्तिनाथ पुगेका छन्।
शनिबार बिहान नेपाल सेनाको हेलिकप्टरबाट ७:५५ बजे मुक्तिनाथ मन्दिर नजिकैको हेलिप्याडमा उत्रिएका हुन्।
त्यहाँबाट १० मिनेटको पैदल यात्रामा उनी मन्दिर पुगेका छन्।
मोदी मुक्तिनाथ आउने भएपछि सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। उनको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन् ।
मुक्तिनाथ क्षेत्र विकास समितिले उनलाई शालिग्राम उपहार प्रदान गर्ने कार्यक्रम रहेको छ। यस्तै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तर्फबाट मोदीलाई सम्मानसहित ताम्रपत्र दिने कार्यक्रम पनि छ।
https://www.facebook.com/setopati/videos/1889535564450341/