नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले पार्टी दुई दलका अध्यक्षबीच जुटेको सहमतिलाई अनुमोदन गर्नेछ।
बैठकअघि एकता संयोजन समितिका नेताहरुले बालुवाटारमा विरुवा रोप्दै पानी हालेका छन्।
बैठकपछि एकीकृत पार्टीको विधान, संठनात्मक ढाँचा, चुनाव चिन्ह र झण्डा लगायतका विषयमा दुई अध्यक्षले हस्ताक्षर गर्नेछन्।
लगतै सहमति भएको दस्तावजे दुवै दलको केन्द्रीय समिति बैठकबाट पारित गर्नेछन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रीबीच ४४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति बनाउने सहमति जुटिसकेको छ।
आजै दुई दलले एकता घोषणा समेत गर्दैछन्।