नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभामा सिट मिलान गरेको छ। यसअघि छुट्टाछुट्टै बस्दै आएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु अहिले एउटै लाइनमा बस्न थालेका हुन्।
संसदमा सत्तापक्षको पहिलो लाइनमा नेकपामा अध्यक्ष प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल, झलनाथ खनाल बस्ने भएका छन्। पहिलो लाइनमा रहेको पाँच कुर्सी मध्ये देब्रितीर भने सुवास नेम्वाङ बस्ने गरेका छन्।
नेम्वाङ पूर्व सभामुखको हैसियतले पहिलो लाइनमा बस्दै आएका छन्। नेपाल कम्युनिष्ट पार्टीको वरियताका आधारमा नेताहरुको सिट मिलान भएको हो।
यसअघि पहिलो लाइनमा एमालेका नेताहरु झलनाथ खनाल, माधव नेपाल, भीम रावल, विष्णु पौडेल र सुवास नेम्वाङ बस्दै आएका थिए।यो सँगै रावलको सिट सर्ने भएको छ।
महासचिवका हैसियतले विष्णु पौडेल अगाडि बसेको अवस्थामा रावलको सिट पहिलो लाइनबाट पछाडि पुग्नेछ। संसदको बैठकमा आज महासचिव पौडेल र अर्का नेता रावल दुवै अनुपस्थित रहे।
नेकपा माओवादीले प्रयोग गर्दै लाइनमा भने प्रचण्ड बस्दै गरेको कुर्सीमा देव गुरुङ बस्ने भएका छन्। त्यसपछि एमालेका सुरेन्द्र पाण्डे बसेका छन्।
पूर्व प्रधानमन्त्री र शीर्ष नेताहरुको पछाडी घनश्याम भुषाल, योगेश भट्टराई, अष्ट लक्ष्मी शाक्य बस्ने भएका छन्।
संसदमा प्रधानमन्त्री र मन्त्रीहरुका लागि बस्ने छुट्टै लाइनमा बस्ने व्यवस्था मिलाइएको हुन्छ।