उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवको स्वास्थ्यमा समस्या देखिएको छ।
यादवको ढाड र गर्धनमा समस्या देखिएको हो। नर्भिक अस्पतालका प्रवक्ता आरपी मैनालीका अनुसार यादवको मेरुदण्डमा समस्या देखिएको छ।
'ढाड र टाउको दुख्ने पुरानै समस्या बल्झिएर उहाँ अस्पताल आउनु भएको हो', मैनालीले सेतोपाटीसँग भने, 'उपचारपछि उहाँ डिस्चार्ज हुदैँ हुनुहुन्छ।'
नर्भिका न्यूरो सर्जन पंकज जलान र फिजिसियन जेपी जयसवालले यादवको स्वास्थ्य जाँच गरेका थिए। गत आइतबार अस्पताल भर्ना भएका यादव स्वास्थ्य उपचारपछि निवास फर्कन लागेको मैनालीले बताए।
ढाडका समस्याका कारण उभिन समस्या भएपछि डाक्टरले उनलाई आराम गर्न सुझाव दिएका छन्। उनको घुँडा समेत केही सुन्निएको छ।