नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीले गति लिने बताएका छन्।
उनले दुवै फरक एकीकृत बनेसँगै पार्टी केन्द्रीय कार्यालय अवलोकन हुनुले पार्टीले गति लिने सन्देश दिएको बताए।
यसले पनि एउटा सन्देश दिएको छ। हेडक्वाटरबाट एकीकरण सुरु गरेपछि तलसम्मको एकता अगाडि बढ्छ’, प्रचण्डले भने, ‘दुइवटा हेडक्वाटरको एकीकृत परिचालन गर्नुपर्छ भन्ने मान्यता अनुसार हामीले अवलोकन गरेका हौँ।‘
प्रचण्डले अब नयाँ इतिहास सुरु भएको समेत बताए।
‘हाम्रो कम्युनिष्ट पार्टीबाट अब तीव्र गतिको साइन्सलाइ पनि पचाएर त्यस अनुसारको गती पैदा हुन्छ’, उनले भने।