कर्णाली प्रदेश सरकारले आफ्नो १०० दिने कार्य प्रतिवेदन सार्वजनिक गरेको छ।
सरकारले हालसम्म गरेको कामहरूको मन्त्रालयगत विवरणसहित आइतबार प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकारको लागि केही सार्वजनिक लिखत प्रमाणीकरण नियमावली, प्रदेश सरकारको कार्यसम्पादन नियमावली २०७४, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरूको लागि आचारसंहिता, प्रदेश मन्त्रिपरिषद्सम्बन्धी कार्यविधि, प्रदेश सञ्चित कोष नियमावली तथा मुख्यमन्त्री राहत सहायता कोष निर्देशिका तयार पारेको छ।
हालसम्म कर्णाली प्रदेश मन्त्रीपरिषद्ले विभिन्न मन्त्रालयहरूलाई विभिन्न २० वटा विषयमा मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति दिएको छ। यस्तै, मन्त्रालयहरूबाट बनेर आएका विभिन्न नौवटा विधेयकहरूलाई प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको छ।
यस्तै, प्रतिवेदनमा विभिन्न मन्त्रालयगत प्रगति विवरणहरू समेत उल्लेख गरेको छ।