नेपाल कम्यनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा चलखेल गरेर मधेश छुट्छ कि! भन्ने डर समाप्त भएको बताएका छन्।
दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशको स्थितभन्दा अलग गरेर चलखेल गर्दै केन्द्र सरकारलाई अस्थिर बनाउने प्रयास भएकाले संघीय समाजवादी फोरमलाई केन्द्रलाई सरकारमा ल्याएर समाप्त पारेको बताए।
उनले केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा सरकार बन्ने बाटो समेत खुलेको बताए ।
नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशहरूको स्थितिभन्दा अलग गराउने र त्यहाँ चलखेल गरेर सरकारलाई अस्थिर बनाउने कसैले सपना देखेको कारण त्यसको ढोका चाहिँ गरेको बताए।
प्रचण्डले अर्को प्रसंगमा अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले त्यसको विकल्पबारे छलफल भएको बताए।
नेपालका निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै अध्यक्ष प्रचण्डले कम खर्चिलो र सर्वसाधारणले पनि निर्वाचन लड्न सक्ने खालको निर्वाचन प्रणाली अपनाउने पर्ने बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले निर्वाचनबारे अहिलेको जस्तो मानसिकताबाट बदल्नु पर्ने बताए । उनले आमजनताको पहुँचभित्र रहने गरी निर्वाचन प्रणाली बनाउन शासकीय प्रणाली परिर्वतन गर्न सकिने बताए ।
उनले आर्थिक वर्ष २०७५/७६ को बजेट पहिले वर्ष पहिलो गियरमा चलेको बताए। अर्को वर्ष दुई, तीन, चार हुँदै बजेट बनाउने उल्लेख गरे।
विगतमा छिटो–छिटो सरकार परिवर्तन हुने भएकाले जनताको भोट तान्ने उद्देश्यले लोकप्रिय कार्यक्रम बजेटमा राख्ने गरिए पनि अहिले त्यस्तो नगरिएको प्रचण्डको भनाइ छ ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा कम्युनिष्टहरूकै मुख्य भूमिका रहेकाले सरकार तानाशाही बन्ने सम्भव नभएको उनले स्पष्ट पारे ।