प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रले अधिकार थुपारेर राखेको भन्ने आरोप तथ्यहीन भएको बताएका छन्। प्रदेश नम्बर ३ को प्रदेश सभा बैठकलाई सोमबार गर्दै प्रधानमन्त्री ओलीले असार मसान्तसम्म सबै अधिकार स्थानीय तहलाईनै दिइने बताए।
'हामीमाथि अधिकारको थ्रुपो लगायो भन्ने आरोप छ। अधिकार सिरानी हो र, म लगाएर सुत्छु? सिरक हो म ओडेर सुत्छु? डस्ना हो म सुत्छु?,’ प्रधानमन्त्रीले भने, 'जहाँ जसलाई अधिकार दिदाँ विकास हुन्छ त्यहाँ अधिकार दिने हो।’
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा केन्द्रले अधिकार राख्न नखोजिएको बताए।
'केन्द्रले किन गर्नुपरेको छ। म प्रधानमन्त्रीको हिसाबले देश विकास गर्ने हो,' प्रधानमन्त्रीले भने, 'भारी बोक्न म सक्दिनँ भने उहाँलाई दिनुपर्यो। यो लडाइँको विषय होइन, राष्ट्र निर्माणलाई कसरी योगदान दिन सक्छौं भन्ने विषय हो।’
संविधानका अुनसूचीमा अधिकार र स्रोत बाँडफाँड गर्दा न्युरोडमा पिँजडामा राखेको सुगाले खाम टिपेजसरी राखिएको बताए।