प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खसआर्य समाज कास्कीले पोखरामा प्रदर्शन गरेको छ।
खस क्षेत्री, आर्यसहित दशनामी समाज, विश्व हिन्दु महासंघ लगायतले संयुक्तरूपमा प्रदर्शन गरेका हुन् ।
पोखराको चिप्लेढुंगादेखि प्रदेशसभासम्म र्यालीसहित पुगेको टोलीले प्रदेशसभाको गेट अगाडि दिनभर धर्नासहित नाराबाजी गरेको हो।
जातीय आधारमा प्रदेशको नाम राख्न नहुने भन्दै सबैलाई समेटिने गरी नाम राखिनुपर्ने उनीहरूको माग छ।
यसअघि तमुवान–मगरात नाम राख्न जातीय समुदायले प्रदर्शनसहित दबाब दिएपछि खस आर्य समूहले पनि जातीय नाम राख्न नहुने भनी सुझाव दिएका थिए ।
संसदले गठन गरेको समितिले प्रदेशको नाम ‘गण्डकी’ राख्न सिफारिस गरेको थियो। बेइमानी र छलकपट हुनसक्ने भन्दै खबरदारी गरिरहने बताइएको छ । दलको हृविप र आदेशका भरमा प्रदेशको नाम ‘गण्डकी’ नराखेर जातीय पहिचान झल्कने नाम राखिए त्यसको प्रतिवाद गर्ने आन्दोलनकारीको रहेको छ।
प्रदेशका बहुमत सांसदहरू र प्रदेशवासीले पनि गण्डकी नाम राख्न सुझाव पठाएपछि विन्दुकुमार थापाको संयोजकत्वमा गठित समितिले पहिलो नम्बरमा गण्डकी नाम राख्न सिफारिस गरेको थियो ।