प्रधानमन्त्री केपी शर्मा ओली हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर चीन भ्रमणमा जाने भएका छन्।
हिमालय एयरलाइन्स स्रोतका अनुसार असार ५ गते जहाज चार्टर गरेर ओली नेतृत्वको भ्रमण दल चीन भ्रमणमा जाने भएको छ।
यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा पनि ओली हिमालय एयरलाइन्सको परीक्षण उडानमा चीन भ्रमणमा गएका थिए।
जहाज चार्टर गरेर जाँदा कति खर्च लाग्छ भन्ने खुलाइएको छैन। हिमालय एयरलाइन्सको जहाज लिएर जाँदा चीनमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क तिर्नुपर्छ। नेपाल वायू सेवा निगमको जहाज लिए भने यस्तो शुल्क तिर्नु पर्दैन।
हिमालय एयरलाइन्समा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर छ भने बाँकी नेपाली व्यवसायी आङछिरिङ शेर्पाको लगानी गरेका छन्।
एयरबस ३२० सिरिजका तीन जहाज भएको हिमालय एयरलाइन्सले क्वालाम्पुर, दोहा, दुबई, साउदी अरेबियामा उडान गर्दै आएको छ।
श्रीलंका र म्यानामारको उडान भने बन्द भएको छ।
हिमालयले तीन वर्षअघि दिल्ली उड्न उडान अनुमति मागेको थियो। चिनियाँ लगानीका कारण भारतले अहिलेसम्म उसलाई उडान अनुमति दिएको छैन।