प्रदेश ४ को संसदले पोखरालाई स्थायी राजधानी तोकेको छ।
सोमबार प्रदेशसभाले पोखरालाई सर्वस्वीकार्य रूपमा राजधानी तोकेको हो।
प्रदेशसभामा सहभागी सांसदमध्ये २ तिहाई बहुमतले राजधानी र नाम तोक्न मिल्ने संवैधानिक व्यवस्था छ। तर राजधानी तोक्नका लागि प्रतिपक्ष र सत्तापक्ष सबैले समर्थन गरेका छन्।
सोमबारको बैठकमा उपस्थित ५२ सांसदमध्ये सबैले पोखरालाई राजधानी तोक्ने पक्षमा मत दिएका थिए। सभामा बोल्ने सबै सांसदले पोखरा प्रदेशको राजधानी उपयुक्त भएको भन्दै समर्थन जनाएका थिए।
सांसद विन्दुकुमार थापको संयोजकत्वमा गठित समितिले पोखरालाई प्रदेशको राजधानी बनाउन प्रस्ताव गरेको थियो।
संसदमा भोलिदेखि प्रदेशको नामाकंनका बारेमा छलफल हुने भएको छ । ११ जिल्लामाबाट प्रदेशको नामाकंनका विषय समितिको प्रतिवेदन अनुसार प्रदेशको नाममा पहिलो नम्बर गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगराँत, तेस्रोमा गोरखा र चौंथोमा धवलागिरी नामको प्रस्ताव गरेको छ।