चिकित्सा क्षेत्रमा सुधार ल्याउनुपर्ने मागसहित जुम्लामा आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीको मागलाई सरकारले पुरा गर्नुपर्ने दबाब दिन शनिबार माइतीघरमा प्रदर्शन गरिएको छ।
डाक्टर केसीका समर्थकले नेकपाको सत्ता, चिकित्सा ऐन बेपत्ता, नागरिक स्वतन्त्रता खोस्न पाइँदैन, निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं, ओली सरकार खबरदार मौलिक हकमा किन प्रहार,ओली सरकारको मिसन सिटामोलमा कमिसन, नखाउञ्जेल खाउँ खाउँ लाग्ने खाएपछि गुण तिर्न हतारो के हो?मार्सी चामलको भातजस्ता प्लेकार्ड लिएर नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विरोध गरेका थिए।
जुम्लामा अनसनरत केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सदनदेखि सडकसम्म उनको पक्षमा आवाज उठेको छ।
काठमाडौंमा मात्र नभइ आज देशका विभिन्न स्थानमा डाक्टर केसीका समर्थकहरूले प्रदर्शन गरिरहेका छन्।
हेर्नुहोस् तस्बिरहरू :