कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनमै रोएका छन्।
श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा उपस्थित भएका सुरूमा उनले आफूले पदभार सम्हालेपछि गरेका कामहरूको बारे चर्चा गरेका थिए। त्यसपछि उनी भावुक बनेका थिए। उनका आँखा रसाएका थिए।
बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले सर्टिफिकेट पाउन आफूलाई सुम्पनु पर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भएको थियो।
उनले राजीनामा दिने चर्चा भए पनि उनले पहिलो चरणको पत्रकार सम्मेलनमा राजीनामा घोषणा गरेनन्।