प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ सकिए पनि उनलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय भने भोलिसम्मलाई सारिएको छ।
संसदीय सुनुवाइ विशेष समितिले दिउँसो साढे १ बजेदेखि जोशीको सुनुवाइ सुरू गरेको थियो। सुनुवाइ लगत्तै निर्णय सुनाउने परम्परा पहिलो पटक तोडिएको छ।
यसअघि प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ गरिसकेपछि केहिबेरमै निर्णय दिने चलन थियो।
संवैधानिक परिषद्ले सिफारिस गरेर पठाएका व्यक्तिले संसदीय सुनुवाइबाट अनुमोदन पाए राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने व्यवस्था छ।