पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले चीन पुगेर पथरीको अपरेशन गरेका छन्।
चीनको इन्टरनेसनल हस्पिटल अफ सिचुवानमा उनको प्यारा थाइराइड र मृर्गौलाको पथरीको अपरेशन गरिएको हो।
अपरेशनपछि अहिले उनी अस्पतालमै आराम गरिरहेका छन्।
यसअघि गत जेठमा पनि खनाल चीन गएका थिए। त्यतिबेलै उनको अपरेशन गर्नुपर्ने देखिएको थियो।
उपचार गर्न खनाल आइतबार चीन गएका थिए।