प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिश दीपकराज जोशीबारे निर्णय गर्न बसेको संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको छ। समिति सदस्य सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरुले बैठक बहिष्कार गरेको जानकारी दिए।
‘दुई तिहाइ बहुमतले अस्वीकृत गर्ने निर्णय गरियो यो न्यायालयमाथिको हस्तक्षेप हो,' कार्कीले भने।