गण्डकी प्रदेशमा रिक्त रहेको सांसदको एक पदमा निर्वाचन गर्न सांसदले माग गरेका छन्।
गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले सोमबारको संसद बैठकको विशेष समयमा बोल्दै सभामा रिक्त रहेको पदलाई निर्वाचन गर्न माग गरेका हुन्।
मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङे ज्यानसम्बन्धी मुद्दामा जेल चलान भएपछि एक जना सांसद पद रिक्त छ।
उनी मनाङबाट प्रदेश सभाका लागि निर्वाचित भएका थिए ।