संघीय संसदको दोस्रो अधिवेशन अन्त्य भएको छ।
२०७५ वैशाख २३ गतेदेखि सुरू भएको संसद बैठक आज बेलुका १२ बजेदेखि लागू हुने गरी अन्त्य हुने सभामुख कृष्णबहादुर महराले जानकारी दिए।
१३५ दिन बसेको बैठकमा मौलिक हकसम्बन्धी १६ विधेयकसहित १८ विधेयक पारित भए।
संसद बैठकले नियमावली र बजेट पारित गर्यो भने राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएता पनि राष्ट्रियसभाबाट पारित हुन बाँकी छ।
संसदमा २ वटा सार्वजनिक प्रस्ताव दर्ता भए भने १ वटा सार्वजनिक विषयवस्तुमा ध्यानाकर्षण प्रस्ताव छलफल भयो।
संसद बैठकका प्रधानमन्त्रीले ६ पटक र ३ पटक गृहमन्त्रीले सम्बोधन गरे।
संसदको यस अधिवेशनमा संसदीय समितिहरूको गठन र सभापतिसमेत चयन गरियो। सांसद र मन्त्रीहरूबीच प्रश्नोत्तर कार्यक्रम पनि गरिएको सभामुख महराले बताए ।
संसद अधिवेशन अन्त्य गर्दै सभामुख महराले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा सरकारले प्रतिवद्धता गरेको कामकारबाहीप्रति विशेष निगरानी राख्न सांसदहरूलाई आग्रह गरे।
सरकारले आवश्यक परेमात्र अब अर्को अधिवेशन डाक्नेछ।