विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकारले जनतालाई निराशा मात्रै बाँडेको आरोप लगाएका छन्।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दुई तिहाइको सरकार भए पनि जनताका लागि काम गर्न नसकेको बताए।
उनले अस्थिर राजनीतिबाट थलिएको देशलाई समृद्धितर्फ लम्काउन जनताले दिएको दुई तिहाइको सरकार हुँदा पनि केही गर्ने नसकेको उनको भनाइ थियो।
विवेकशील साझा पार्टीको संगठन विस्तार दौरानमा पोखरा आइपुगेका पार्टी संयोजक मिश्रले प्रधानमन्त्रीका दिनहुँ जसो सार्वजनिक भइरहने अभिव्यक्तिप्रति पटाक्षेप गर्दै उनले भने, ‘पहिले घरघरमा ग्यास पाइप, अहिले चुलोचुलोमा बिजुली लाइन प्रधानमन्त्रीको बोलीमै गैर जिम्मेवारीपन देखिन्छ।’
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना उल्लेख गर्दै संयोजक मिश्रले दोषी पक्राउ पर्न १२ वर्षसम्म लाग्छ भन्नु सरकारले निरिहता प्रदर्शन गरेको बताए ।
पार्टीका प्रवक्ता सूर्यराज आचार्यले समाज सुशासनसहितको रूपान्तरणका लागि विवेकशील साझा अघि बढिरहेको जनाए।
शनिबार भएको विवेकशील साझा पार्टीको भेलाले गण्डकी प्रदेशको संयोजकमा महेश भण्डारीलाई चयन गरेको थियो ।