नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई शुक्रबार बिहान हृदयघात भएको छ। घरमै रहेका बेला उनलाई ९ बजेतिर हृदयघात भएको हो।
उनको अहिले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।
उपचारका संलग्न चिकित्सकहरूका अनुसार काफ्लेको मुटुको एउटा भल्भ ब्लक भएको थियो। अहिले अप्रेसन गरेर त्यो खोलिएको छ। चिकित्सकहरूले काफ्ले खतरामुक्त रहेको बताएका छन्। उनको अहिले सिसियूमा राखेर उपचार भइहेको छ।
काफ्लेलाई भेट्न कांग्रेस नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, गगन थापा, प्रदीप पौडेल अस्पताल पुगेका छन्।