संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई गृह नगर पोखरामा कालो झण्डा देखाइएको छ।
सोमबार दिउँसो पोखराको सिर्जना चोकमा उनलाई कालो झण्डा देखाइएको हो।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका कार्यकर्ताले वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै मन्त्री अधिकारीलाई कालो झण्डा देखाएका हुन्।
कालो झण्डा देखाएको अभियोगमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मन्त्री अधिकारी स्थानीय तह पूर्वाधार विकास कार्यक्रम विनियोजित रकम सार्वजनिक गर्ने कार्यक्रममा सहभागी हुन सिर्जना चोक पुगेका थिए।