संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।
स्थानीय तह पूर्वाधार विकास कार्यक्रमको विनियोजित रकम पोखरामा आज सार्वजनिक गर्दै उनले आफ्नो कुनै बाइडबडी खरिदमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन्।
वाइडबडी जहाज खरिद प्रक्रियामै त्रुटिपूर्ण रहेको हुँदा आफूमाथि धेरै शंका नगर्न समेत आग्रह गरे।
मन्त्री अधिकारीले अघिल्लो सरकारको पालामा सम्पूर्ण प्रक्रिया भएको सुनाए। उनले आफ्नो पालामा जहाज मात्रै आएको बताए। उनले वाइडबडी जहाज भाडामा नभई किनेरै ल्याएको जहाज भएको समेत दाबी गरे। ‘वाइडबडी जहाजका बारेमा धेरै टिकाटिप्पणी भएका छन, छानबिन प्रक्रिया पनि अगाडि बढेको छ, छानबिन पछि सबै कुरा बाहिर आउने छ’, उनले भने।
छानबिन टोलीलाई आफूले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता जनाए।
उनले वाइडबडी जहाज प्रक्रियाको दोषीलाई कारबाही हुनुपर्ने समेत बताए।
उनले कास्की क्षेत्र नम्मर २ मा ४ करोड रुपैयाँलाई सडक, पुल खानेपानी लगायत १७ वटा आयोजनामा १० लाखदेखि ५० लाखसम्म बजेट छुट्याएका छन्। पोखरा महानगरपालिकाको सिर्जना चोकमा आकासे पुल निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याएको उनले बताए ।