अनसनरत डाक्टर गोविन्द केसीका मागको सुनुवाइमा सरकार उदासिन भएको भन्दै विभिन्न अस्पतालका आवासीय चिकित्सकले आन्दोलन घोषणा गरेका छन्।
डा केसीको जीवन रक्षामा सरकार गैरजिम्मेवार रहेको र सत्याग्रह दमनमा लागेको भन्दै वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले आन्दोलन थालेका हुन्।
बुधबार २ घन्टा ओपिडी छाडेर अस्पतालअगाडि धर्ना दिएका उनीहरूले बिहीबार पनि यसलाई निरन्तरता दिनेछन्। बुधबार र बिहीबार विरोध प्रदर्शन गर्ने सरकारलाई ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने र त्यति हुँदा पनि वार्ताका लागि ठोस पहल नभ शुक्रबारदेखि आकस्मिकबाहेकको उपचार नगर्ने उनीहरूले बताएका छन्।