प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच चिकित्सा शिक्षा विधेयक पारित भएको छ।
नाराबाजीबीच कुनै छलफल नै नगरी विधेयक पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका हुन्।
यसअघि नेपाली कांग्रेस सांसदको अवरोधबीच मर्यादापालकहरूको घेरामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल रोष्ट्रममा पुगेका थिए। यसबीच प्रतिपक्षी कांग्रेस सांसदहरूले उठेर नाराबाजी गरिरहेका थिए।
संसदीय प्रक्रियामा प्रतिपक्षीहरू उठ्दा संसद अवरोध गरेको मानिन्छ। यस्तो बेला पनि सभामुख महराले प्रतिपक्षीको विरोध वास्ता नगरी जबर्जस्ती चिकित्सा शिक्षा विधेयक टेबल भएको जानकारी दिए। र, प्रतिपक्षीको विरोधकै बीच विधेयक पास भएको घोषणा गरे।
कांग्रेसले यो रबैयालाई सरकारको दुईतिहाइ दम्भ भनेको छ।