प्रधानमन्त्री केपी शर्मा ओली शनिबार स्वदेश फर्किएका छन्।
स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन्।
प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थल पुगेर रक्षामन्त्री ईश्वर पोखरेल,प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायतले स्वागत गरेका हुन्।
डावोस सहरमा हुने बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली गत आइतबार त्यसतर्फ गएका थिए।