सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीबाट पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई नै कारवाही गर्ने सूचना प्राप्त भएको बताएका छन्। सेतोपाटीसँगको विशेष कुराकानीमा मन्त्री बाँस्कोटाले सरकार खुलेआम हिंसा हुँदा थप्पडी बजाएर बस्न नसक्ने बताए।
उनले विप्लव माओवादीले शान्ति सम्झौतालाई नै अस्वीकार गरेको र निरन्तर क्रान्तीको माग राखेकाले पूरा हुन नसक्ने उल्लेख गरे।
उनले विप्लव माओवादी हिंसा छाडेर आए मात्र वार्ता हुने बताए। 'वार्ता अब के का लागि', बाँस्कोटाले प्रश्न गरे।
उनले विप्लवको गतिविधि माथिको प्रतिबन्ध उनका लागि वार्तामा आउने सन्देश भएको बताए। 'सरकार चुप लागेर बस्ने अवस्था हुदैँन थियो', बाँस्कोटाले भने, 'राजनीतिक समूह भए राजनीतिक माग उठाउनु हुन्थ्यो होला। गोलाबारुद सहित आउने काम लोकतन्त्रमा स्वीकार्य हुन्न।'
हेर्नुहोस् भिडिओ अन्तर्वार्ता -