नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन भएको छ।
क्यान्सर र निमोनियाका कारण लामो समयदेखि थलिएका नेता ताम्राकारको उपचारको क्रममा मंगलबार दिउँसो ३ बजे निधन भएको हो।
विगत दुई वर्षदेखि क्यान्सरको उपचार गराइरहेका ताम्राकारलाई पछिल्लो समय निमोनियाका कारण स्वास्थ्य स्थिति झनै गम्भीर भएपछि चैत अन्तिम साता अल्का अस्पताल ललितपुरको आइसीयुमा भर्ना गरिएको थियो।
नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष समेत भएका ताम्राकार विस. २०४८ र ५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
काङ्ग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाको अत्यन्त निकट मानिने ताम्राकारले विभिन्न समयमा स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालय समेत सम्हालेका थिए।