प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता परे संविधान संशोधन गर्न सकिने बताएका छन्।
तर संविधान संशोधन जुनसुकै बेला गाउने गीतजस्तो बनाउन नहुने उनले बताए।
सांसदले नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधन जुनसुकै बेला गाउने गीतजस्तो भयो। अहिले संशोधन, भरे संशोधन गरौं भन्ने।’
संविधान संशोधन गर्न समाजवादी पार्टी र राजपालगायत दलले माग गरिराखेका छन्। संविधान संशोधनमा सरकार नदेखिएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ भने समाजवादीले अल्टिमेटम दिने तयारी गरेको छ।
‘संविधान संशोधन सधैं भन्नेकुरा जस्तो मात्रै भयो। लोकतन्त्र, जनताको हित र समृद्धिका लागि हो भने बसेर छलफल गरौं। संविधान संशोधन गर्न नसकिने भन्ने छैन,’ उनले भने।