प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको बताएका छन्।
मंगलबार संसदमा २०६७/ ७७ को नीति तथा कार्यक्रमबारे छलफलमा सांसदले सोधेका प्रश्नहरूकोबारे जवाफ दिन उपस्थित प्रधानमन्त्रीले नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको बताएका हुन्।
गत शुक्रबार सरकारको तर्फबाट राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गरेकी थिइन्। त्यसपश्चात आइतबारदेखि मंगलबारसम्म छलफल भएको थियो।
आजै उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।