प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाया सरकार गठन गरेको छ।
सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर सोमबार विभिन्न मन्त्रालयको छाया मन्त्रीको जिम्मेवारी दिएका हुन्।
देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छाया सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेको संसदीय दलको कार्यालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका 'जनहित विपरितका कामलाई खबरदारी र निगरानी' गर्न कांग्रेसले छाया सरकार बनाएको जनाएको छ।
कांग्रेस संसदीय दलले पुस २४ गते छाया सरकारमा रहन इच्छुक सांसदलाई मन्त्रालय खुलाएर नाम दिन आग्रह गरेको थियो। नाम मागेको पाँच महिनापछि गठन भएको सरकारमा २१ वटै मन्त्रालयपिच्छे संयोजक (मन्त्री) र सदस्यहरु तोकिएका छन्।
छाया सरकारका मन्त्रीहरूलाई आफ्नो मन्त्रालयअन्तर्गत भए गरेका कामकारबाहीको विवरण राखेर त्यसमा भएका गल्ती कमजोरी औंल्याई सार्वजनिक बहसको विषय बनाउने जिम्मेवारी हुन्छ। छाया सरकारमा प्रधानमन्त्री भने तोकिएको छैन।
कांग्रेसको छाया सरकारमा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापालाई शिक्षा मन्त्रीको जिम्मेवारी दिइएको छ भने मीनेन्द्र रिजाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो अर्थ मन्त्रालय नै हेर्ने गरी विनोद चौधरीलाई पनि जिम्मेवारी दिइएको छ। गृह मन्त्रीमा दिलेन्द्रप्रसाद बडु छन्। भीमसेनदास प्रधानले रक्षा मन्त्रालय सम्हाल्नेछन्।
अधिकांश मन्त्रालय हेर्न एक संयोजक र दुई सदस्य छन्। यी सदस्यले मन्त्रालयले गर्ने कामकारवाही नजिकबाट निहाल्नेछन् र संयोजकलाई जानकारी दिनुपर्नेछ। सबै संयोजकहरु (छाँया मन्त्री) ले सभापति देउवालाई संसदीय दलको बैठकमा विवरणबारे बेलाबेला जानकारी गराउनुपर्नेछ। छाँया मन्त्रीकै प्रतिवेदन र विवरणका आधारमा कांग्रेसले दुवै सदनमा सरकारका कामकारबाहीबारे प्रश्न उठाउने तयारी गरेको हो।
प्रतिपक्षी दल कमजोर रहँदै आएको आरोप खेपेको कांग्रेसले ओली सरकार बनेको १५ महिनापछि छाया सरकार बनाएको हो। राष्ट्रिय जागरण अभियान घोषणा गरेको कांग्रेसले केन्द्रदेखि गाउँसम्म नै छाया सरकार बनाउन लागेको छ। निर्वाचित जनप्रतिनिधिले गरेका काम निगरानी गर्न स्थानीय तहमा पनि छाया सरकार बनाउने कांग्रेसको तयारी छ।
कांग्रेसले आज गठन गरेका छाँया सरकारमा कसले पाए कुन मन्त्रालयको जिम्मेवारी हेर्नुहोस्
१. उर्जा, जलस्रोत तथा सिँचाइ
१) ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
(२) सत्यनारायण खनाल
(३) ज्ञानकुमारी छन्त्याल
२. परराष्ट्र मन्त्रालय
(१) नारायण खड्का, संयोजक
(२) अमेरश कुमार सिंह
(३) दिव्यमणी राजभण्डारी
३. अर्थ मन्त्रालय
(१) मिनेन्द्र रिजाल, संयोजक
(२) मीना पाण्डे
(३) विनोदकुमार चौधरी
४. गृह मन्त्रालय
(१) दिलेन्द्रप्रसाद वडू , संयोजक
(२) रमेशजंग रायमाझी
(३) महेन्द्र कुमारी लिम्वू
५. शहरी विकास मन्त्रालय
(१) उमाकान्त चौधरी, संयोजक
(२) मीनाक्षी झा
(३) रामबहादुर विष्ट
६. युवा तथा खेलकूद मन्त्रालय
(१) किशोरसिंह राठौर, संयोजक
(२) रंगमति शाही
(३) दुर्गाप्रसाद उपाध्याय
७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
(१) मीनबहादुर विश्वकर्मा, संयोजक
(२) विन्दा देवी आले राना
(३) कर्मा घले
८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
(१) गगनकुमार थापा, संयोजक
(२) उमेश श्रेष्ठ
(३) नमिता कुमारी चौधरी
९. खानेपानी मन्त्रालय
(१) सुजाता परियार, संयोजक
(२) मिना सुब्बा
(३) नागेन्द्रकुमार राय
१०. स्वास्थ्य तथा जनसंख्या
(१) पार्वता डि.सी. चौधरी, संयोजक
(२) सीताराम महतो
(३) मोहन आचार्य
११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
(१) देवेन्द्रराज कण्डेल, संयोजक
(२) प्रकाश स्नेही रसाइली
(३) प्रमिला राई
१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
(१) डिला संग्रौला पन्त, संयोजक
(२) प्रकाश पन्थ
१३. सञ्चार तथा सूचना प्रविधि
(१) बहादुर सिंह लामा, संयोजक
(२) सूर्यबहादुर केसी
(३) विमला नेपाली
१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
(१) लक्ष्मी परियार , संयोजक
(२) प्रमोद कुमार यादव
(३) स्मृति नारायण चौधरी
१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
(१) अतहर कमाल मुसलमान, संयोजक
(२) तेजुलाल चौधरी
(३) धनकुमारी खतिवडा
१६. कृषि तथा पशुपंक्षी मन्त्रालय
(१) पद्म नारायण चौधरी, संयोजक
(२) अनिता देवकोटा
(३) सरवत आरा खानम हलुवाइनी
१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
(१) उमा रेग्मी , संयोजक
(२) लालकाजी गुरुङ्ग
(३) हिरा गुरुङ्ग
१८. रक्षा मन्त्रालय
(१) भिसेनदास प्रधान, संयोजक
(२) अभिषेक प्रताप शाह
१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
(१) सञ्जय कुमार गौतम, संयोजक
(२) जीप छिरिङ लामा
(३) देवप्रसाद तिमिल्सिना
२०. वन तथा वातावरण मन्त्रालय
(१) राजेन्द्र कुमार के.सी., संयोजक
(२) मुक्ता कुमारी यादव
२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
(१) राधेश्याम अधिकारी, संयोजक