नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चार कम्पनी जनसेना निर्माण गरेको खुलेको छ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा बैठकमा विप्लवले जनसेनाको चार कम्पनी बनाएको जानकारी दिएका हुन्।
प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बादलले केही समययता नेकपा विप्लव समूहले संविधानको विरूद्ध, राज्य व्यवस्थाको विरूद्ध, गैरकानुनी, संविधान विरोधी, शान्ति विरोधी गतिविधि गर्दैं आएको बताए।
उनले विप्लव समूहले जनसरकारका रूपमा जनपरिषद् संस्था गठन गरेका जानकारी दिए।
'जनसेनाको रूपमा उनीहरूले चार कम्पनी निर्माण गरेको छन्', गृहमन्त्री बादलले भने, 'यो सबै गतिविधि नेतृत्व गर्नका लागि नेकपा नामको पार्टी गठन गरेका छन्।’
उनले विप्लव नेतृत्वको माओवादीको गतिविधि प्रदेश र संघको निर्वाचनमा देखिएको स्मरण गराए।
'देशव्यापी रूपमा भ्रष्टाचारविरूद्ध भन्ने नारा अन्तर्गत एनसेलका टावर र विस्फोट गरेका घटना देख्यौं', बादलले भने।
आइतबारमात्रै काठमाडौंको तीन स्थानमा विस्फोट भएको थियो। विस्फोटमा परी ४ जनाको मृत्यु भएको थियो।
यो पनि :
विप्लवसँग वार्ता अगाडि बढेको छ : गृहमन्त्री