रौतहटको माधवनारायण नगरपालिकाका प्रमुख र उप–प्रमुख विरुद्ध अख्तियारमा मुद्दा परेको छ।
नगरपालिकामा व्यापक आर्थिक हिनामिना भएको भन्दै स्थानीय युवा देवशिष कुमार रायले नगरपालिका प्रमुख विरेन्द्र यादव र उप प्रमुख सिमल शाह र प्रशासकीय अधिकृत प्रवल कायस्थ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय काठमाडौंमा मुद्दा दायर गरेका हुन्।
नगरपालिकाले खरिद गरेका निर्माण सामाग्रीहरु, स्काभेटर, रोलर, ट्रयाक्टर, मोटरसाइकल तथा फर्निचर सामाग्री खरिदमा नियम समेत लत्याएर अनियमितता गरेको आरोप छ।
नगरपालिकाका विकास निर्माणका कार्य कागजमै देखाएर बजेटको रकम दुरुपयोग गरेको आरोप उजुरीमा लगाइएको छ।
नगरपालिकाको राधाकृष्ण माविको भवन र नगर भित्रका विभिन्न योजनाहरु ग्राभेल, कलभर्ट निर्माण लगायत कार्यमा कमसल काम गरी लाखौ रुपैयाँ हिनामीना गरेको आरोप छ।