रौतहटका चन्द्रपुर नगरपालिकाका वडा न.३ का कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।
विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा आगजनी भएको छ ।
चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गए राति १ बजे अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् । आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको वडा अध्यक्ष रवि देबकोटाले जानकारी दिए।
कार्यालय भित्र रहेको कम्प्युटर, दराजलगायतको कागजात जलेर नष्ट भएको उनले बताए।
घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले बताए। सो वडा कार्यालय नजिकै बम जस्तो देखिने बस्तुले स्थानीय त्रसित भएका छन् ।