चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न 'दुरुत्साहन’ गरेको अभियोग लागेका रवि लामिछानेलाई अदालतको अनुमतिबिना विदेश जान नपाउने गरी ५ लाख धरौटी तोकेको छ।
अर्का अभियुक्त युवराज कँडेलसँग पनि यही शर्तसहित ३ लाख धरौटी मागेको जिल्ला अदालत चितवनले जनाएको छ।
सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की ‘रूकु’लाई सामान्य तारेखमा छोडेको हो।
'संकलित प्रमाणको विश्वसनियतामा अन्यथा असर पुर्याउने उद्देश्यले अदालतभन्दा बाहिर कुनैपनि कार्यक्रमा सञ्चालन गर्न, टेलिभिजन कार्यक्रम सञ्चालन गर्न फेसबुक लाइभ, ट्वीटर, युटुब वा कुनैपनि सञ्चारमाध्यामबाट विचार वा प्रतिकृया स्वदेश वा विदेबाट व्यक्त गर्न गराउन नपाउने गरी,' अदालतको आदेशमा भनिएको छ, 'एवं औषधी उपचारको लागि विदेश जानुपरेको अवस्थामा यस चितवन जिल्ला अदालतको पूर्व अनुमति लिएर मात्र प्रतिवादीहरू लामिछाने र कंडेललाई शर्तसहितको धरौटी लिएर कागज गराउनु।'
लामिछाने र कँडेलले प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म पुडासैनीको आत्महत्याको विषयलाई लिएर अनुसन्धानमा संलग्न प्रहरी,अभियोजनकर्ता सरकारी वकिल, पिडित परिवार, मुद्दाका सम्बद्ध साक्षी, मौकामा बुझिएका अन्य व्यक्तिहरू प्रमाणको वैज्ञानिक परीक्षणमा संलग्न विशेषज्ञ, चिकित्सक, अदालत, र समग्र न्यायिक प्रकृयाको बारेमा सार्वजनिकरूपमा विचार व्यक्त गर्न समेत नपाउने गरी अदालतले आदेश गरेको छ।
तत्काल प्राप्त प्रमाणका आधारमा लामिछाने र कँडेललाई धरौटीमा छाड्ने र रूकुलाई सामान्य तारेखमा छाड्ने निर्णय अदालतले गरेको हो।
आइतबारदेखि भएको तीन जनाको बयान र बहसपछि जिल्ला अदालतले यस्तो निर्णय गरेको हो। यो मुद्दाको कारबाही भने जिल्ला अदालत चितवनमा
जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो।
लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।
यो पनि :
रवि लामिछानेसहित तीनै जनाको बैंक खाता माग्दै प्रहरीद्वारा राष्ट्र बैंकलाई पत्राचार
रवि लामिछाने धरौटी बुझाएर थुनामुक्त
रवि लामिछानेले शालिकराम प्रकरणबारे कार्यक्रम चलाउन नपाउने
रवि लामिछानेसँग अदालतले माग्यो पाँच लाख धरौटी