आज असोज ३ गते अर्थात् संविधान दिवस।
शुक्रबार संविधान दिवस धुमधामका साथ मनाइएको छ।
सरकारले संविधान दिवसको अवसरमा घरघर तथा कार्यालयमा दीपावली गर्न आग्रह गरेसँगै सरकारी तथा निजी कार्यालयहरूमा झिलिमिली बत्ती बालेर सो दिवस मनाइएको छ।
सिंहदरबारभित्रका केही कार्यालयहरू झिलिमिली पारिएको छ भने केहीमा छैन।
यसैगरी राष्ट्रिय वाणिज्य बैंक,नेपाल टेलिकम लगायत अन्य निजी संस्थाले पनि आफ्नो कार्यालय झिलिमिली पारेका छन्।
तर बानेश्वरस्थित संघीय संसद भवन झिलिमिली पारिएको छैन।
शुक्रबार दिउँसो विविध कार्यक्रम गरी संविधान दिवस मनाइएको छ भने साँझ दीपावली गरिएको छ।
संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस सरकारी, गैरसरकारी तथा संघसंस्थाको सहयोगमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
तस्बिरहरू: