सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भइरहेको छ।
मंगलबार बिहान यस विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
बालुवाटार स्रोतका अनुसार नेकपाबाट सभामुख चुनिएका महरामाथि बलात्कारको आरोप लागेपछि दुई अध्यक्षले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छन्।
महरालाई संसद सचिवालयमै काम गर्ने महिला कर्मचारीले आफ्नो डेरामै आएर बलात्कार गरेको आरोप लगाएकी छन्। यसैबीच सभामुख महरासँग प्रधानमन्त्री ओली र दाहालले मंगलबार बिहान बालुवाटारमा छलफल समेत गरेका थिए।
यी पनि पढ्नुस्: