उपराष्ट्रपति नन्दबहादुर पुनले सुर्खेतको काँक्रेबिहार र बुलबुलेको अवलोकन गरेका छन्। बिहिबार उपराष्ट्रपति पुनले सुर्खेतका प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेका बुलबुले उद्यान पुरातात्विक सम्पदाका रुपमा रहेको काँक्रेबिहार क्षेत्रको अवलोकन गरेका हुन्।
अवलोकनका क्रममा उपराष्ट्रपति पुनले आफू पर्यटन प्रवद्र्धनको उद्देश्यसहित कर्णाली प्रदेशमा आएको बताए। उनले पर्यटकीय क्षेत्रहरुको पूर्वाधारसँगै सांस्कृतिक व्यवस्थापन गरी पर्यटन प्रबद्र्धनमा सहयोग गर्नुपर्नेमा जोड दिए।
उपराष्ट्रपति पुन शुक्रबार सुर्खेतबाट जुम्ला जाने कार्यक्रम रहेको छ। हुम्लाको एउटा विद्यालय र जुम्लाको सिंजामा सञ्चालन गर्न लागिएको सिंजा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ।