नेपाली कांग्रेसमा देखिएको विवाद समाधान गर्न उपसभापति विमलेन्द्र निधिले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेका छन्।
शनिवार अपरान्ह ४ बजेदेखि सिंहको निवास चाक्सीबारीमा दुई नेताबीच छलफल भइराखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
शनिबार विहान सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट गरे पनि विवाद हल गर्न सहमति भएको थिएन।
देउवाले निधि र पौडेलले सिंहलाई विवाद खोज्ने जिम्मेवारी दिएपछि उनीहरू छलफलमा जुटेका हुन्।
आइतबार कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको छ। सकेसम्म शनिबार नै विवाद हल गर्न नेताहरू छलफलमा जुटेका हुन्।
सभापति देउवा १४ औं महाधिवेशनको कार्यतालिका छलफलका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजान असहमत भएपछि बरिष्ठ नेता पौडेलले गत बिहीबार बसेको केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए।