नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले सपथ ग्रहण गरे।
उनको सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, नेकपा नेताहरू उपस्थित थिए।
उनले सपथ लिइरहँदा राष्ट्रपति कार्यालय बाहिर मानवअधिकारवादीहरुले विरोध गरेका थिए। विरोध प्रदर्शन गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
द्वन्दकालमा काभ्रेमा मारिएका अर्जुन लामाको हत्या आरोप लागेका उनको अदालतमा मुद्दा विचाराधीन छ। हत्या आरोपीलाई सभामुख बनाइएको भन्दै मानवअधिकारवादीले विरोध जनाएका हुन्।
यसअघि आइतबार सापकोटा संसदबाट निर्विरोध निर्वाचित भएका थिए। सपथ ग्रहणपश्चात उनी पदभार ग्रहण गर्न सिंहदरबारस्थित सभामुख कक्षमा पुगेका थिए।
यो पनि :
सभामुख सापकोटाले लिए सपथ
हेर्नुस् तस्बिर: